को बन्ला वाईसीएल अध्यक्ष ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिले युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

आजसम्मका लागि स्थगित भएको वाईसीएलको भेला अगाडि प्रचण्डले वाईसीएल पदाधिकारीसँग छलफल गरेर नेतृत्व टुंग्याउने गरि स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको माओवादी केन्द्रले जनाएको छ । नेतृत्व विवादका कारण भेला केही दिन लम्बिन सक्ने देखिएको वाइसीएलका नेताहरुले बताएका छन् ।

नयाँ नेतृत्वमा सुमन देवकोटा र सुबोधराज सेर्पालीबिच मुख्य दाबी रहेको वाइसीएलका नेताहरुले बताएका छन् । देवकोटा अहिले वाईसीएलका उपाध्यक्ष छन् भने सेर्पाली  महासचिव हुन् ।

देवकोटाले आफू उपाध्यक्ष भएकाले वरिष्ठताका आधारमा अध्यक्ष आफूले पाउनुपर्ने बताउँदै आएका छन् । उनले युवाहरुलाई संगठित गर्दै पार्टीका हरेक गतिविधिमा सक्रिय बनाउन आफ्नो दाबी रहेको बताए ।

यस्तै समाजवादी कार्यदिशामा देशका युवाहरू परिचालन गर्न, माओवादी पार्टीप्रतिको विश्वास एवं संगठनको भविष्यका साथै युवाका तमाम समस्या समाधान गर्न आफूले नेतृत्व दाबी गरेकाे सेर्पालीको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *