मन्त्रालय भागबन्डा गर्न गठबन्धनको बैठक

काठमाडाैँ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न आज गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्न लागेको हो ।

सरकार गठनका सन्दर्भमा साेमबार पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर सहमति हुन सकेकाे थिएन । केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । लामाे समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलाेचना हुँदै आइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *