वाईसीएलमा जुटेन सहमति

काठमाडौँ । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको नयाँ अध्यक्ष चयन गर्न सकस भएको छ । नयाँ अध्यक्षमा उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोध शेर्पालीले दाबी नछाडेपछि नयाँ अध्यक्ष चयनमा सकस भएको नेताहरूले बताएका छन् ।

सहमति जुटाउने प्रयासमा पार्टीका नेता र वाईसीएल पदाधिकारीले प्रयत्न गरेपनि अझै सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

यो पनि : को बन्ला वाईसीएल अध्यक्ष ?

सहमति खोज्न मंगलबार बिहान  पार्टी र वाईसीएल नेताहरूले पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेपनि सहमति हुन नसकेको र अहिले केन्द्रीय सदस्यहरूमात्र घोषणा गरेर भेला टुङ्ग्याउने र अध्यक्ष पछि तोक्ने समझदारी बनेकाे नेताहरू बताउँछन् ।

भर्चअुल माध्यमबाट भदौ १२ गतेदेखि सुरु भएको वाईसीएलको राष्ट्रिय भेला नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै सक्ने भनिएपनि नेतृत्वको विवादका कारण लम्बिएको छ । नेताहरूका अनुसार भेला आज टुङ्ग्याउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *