झलनाथलाई भेटे प्रचण्डले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् । बुधबार (आज) बिहान खनालनिवास डल्लुस्थित नेता खनाललाई भेटेका अध्यक्ष प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका छन् ।

करिब अढाइ महिना भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएपछि नेपाल फर्किएका खनालले अहिले निवासमै स्वास्थ्यलाभ लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *