नेकपा एस खारेजसहितका माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, तत्कालीन एमालेमा रहेका १४ सांसद र लुम्बिनीका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अध्यक्ष ओलीले बुधबार ‘एमालेले कारबाही गर्न सिफारिस गरेपनि १४ सांसदलाई कारबाही नगरेकोमा’ सभामुख सापकोटा, ‘कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको’मा निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेको सर्वोच्च अदालतले जनाएको छ ।

त्यस्तै ‘सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको’मा लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध पनि ओलीले रिट निवेदन दायर गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीमा रहेका १४ सांसदलाई विपक्षी बनाएर रिट दायर गरेको सर्वोच्चले जनाएको छ ।
अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डले दायर गरेको रिटमा एमालेबाट ‘निष्काशित’ १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यलाई सनाखत गराएर दर्ता गरिएको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता बदर गर्न पनि माग गरिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *