मीन विश्वकर्माले दिए केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । नेता विश्वकर्माले बुधबार (आज) सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै राजीनामा दिएका हुन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधि सभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको दृष्टान्त देखाउँदै नेता विश्वकर्माले विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको भन्दै राजीनामा गरेका हुन् । नेता विश्वकर्माले मकालुखबरसँग भने, ‘यी यावत् कारणले गर्दा नैतिक रूपमा मैले राजीनामा गरेको हुँ ।’

वर्तमान विधानले दलित समुदायलाई पार्टी प्रवेशलगायतका विषयमा पूर्ण निषेध गरेको नेता विश्वकर्माको आरोप छ । ‘असमावेशी निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिनाछलफल गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश तथा प्रतिनिधित्वमा पूर्णतः प्रवेश निषेध गर्ने देखिएको छ,’ नेता विश्वकर्माले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *