फेरि फुटको संघारमा विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक बस्दैछ । अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले आज बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् । अध्यक्ष मिश्रले आज मध्यान्ह १२:३० बजे बैठक राखेका छन् ।

याे पनि- विवेकशील साझा : न नजिक, न टाढा

अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्यौलता हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताइरहेका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको बताइरहेका छन् ।

मिश्रले राजसंस्थाको वकालत गर्दै सघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद छ । यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्तावेज सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *