पौडेल समूहमा गगनको ‘इन्ट्री’

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका नेता गगनकुमार थापा रामचन्द्र पौडेल समूहको बैठकमा सहभागी भएका छन् । बिहीबार (आज) संस्थापनइत्तर समूहबाट सभापतिको उम्मेदवार तय गर्नेगरी बसेको बैठकमा नेता थापा सहभागी भएका हुन् ।

योसँगै कतिपयले नेता थापाले पौडेल समूहबाटै उम्मेदवारी दिने आँकलन गर्न थालेका छन् । गत भदौ १४ गते कामना–३० मा अनौपचारिक रूपमा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका नेता थापाले ‘आफूले जित्ने’ बताएका थिए ।

यसअघि कृष्णप्रसाद सिटौला समूहमा खुलेका नेता थापा पौडेल समूहको बैठकमा सहभागी भएका हुन् । १३औं महाधिवेशनमा सिटौला समूहबाटै उम्मेदवार बनेका नेता थापाले ५८४ मत पाएका थिए ।

यस्तो थियो गगनको घोषणाः—

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *