प्रधानमन्त्रीले भेटे झलनाथलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् । प्रधानमन्त्री देउवा नेता खनाललाई भेटन उनकै निवास डल्लु पुगेका हुन् ।

नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा खनाल निवासमा पुगेका हुन् । उनले खनालको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेता खनाल गत सोमबार भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका हुन् । अहिले उनले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *