गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा उनीहरूबीच करिब एक घण्टा छलफल भएको हो ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । अघिल्लो सरकारले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति गरेपछि विप्लपले शान्तिपूर्ण राजनीति रोजेका थिए ।

शुक्रबारको भेटमा प्रकाण्डले त्यसबारे कुरा उठाएपनि गृहमन्त्री खाणले कुनै जवाफ नदिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *