लालीगुराँसका सबै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

तेह्रथुम । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ४० जिल्लाका वडा तहको अधिवेशन भएको छ । तेह्रथुममा पनि सबै स्थानीय तहमा वडा तहको अधिवेशन भएको छ ।

लालीगुराँस नगरपालिकाका नौ वटै वडाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चउन गरेका छन् । वडा नं. १ मा लोकबहादुर खड्का, २ मा कृष्ण खवाहाङ्ग लिम्बू, ३ मा सुरेन्द्र कार्की, ४ मा केदारमान पौडेल, ५ मा महेन्द्र सुब्बा, ६ मा चन्द्रबहादुर कार्की, ७ मा स्वरुपसिंह खड्का,  ८ मा उक्तबहादुर तेयुङ र वडा नंं. ९ मा होमप्रसाद तिम्सीनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता एवम् कांग्रेस नेता देवेन्द्र खड्काले जानकारी दिए । ‘आमनिर्वाचन नजिकै छ । स्थानीय तहको अधिवेशन पनि आउँदैछ ।

त्यसैले हामीले आपसी छलफलबाट सर्वसम्मतरुपमा नेतृत्व चयन गर्‍यौँ,’ खड्काले भने, ‘सबै वडामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *