ओली भन्छन्ः

‘माधवजस्तो शरम पचेको मान्छे देखेको छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् । शनिबार (आज) दिउँसो काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले नेपाललाई ‘शरम पचेको मान्छे’ भनेका छन् । ‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ,’ ओलीले भने, ‘जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपालजस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’

यस्तै ओलीले एमाले पार्टी कहाँ छ ? भनेर कसैले सोध्यो भने धारा खोलेर देखाइदिन आग्रह गरे । ‘नागरिक एप्स खोलेर देखाइदिनुस्, फोरजी नेट चलाएर देखाइदिनुस्,’ ओलीले भने, ‘जसले एमाले पार्टी कहाँ छ भनेर भन्छन् ।’

‘अब मेलम्ची ल्याउन एमाले नै चाहिन्छ’

यस्तै ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौँ ल्याउन नसक्ने दाबी गरेका छन् ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरेका हुन् । ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन,’ ओलीको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *