माधवप्रति ओलीको कटाक्ष:

‘एमाले फुटेको होइन, बिग्रिएकाहरु बाहिरिएका हुन्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको भन्न नमिल्ने बताएका छन् । शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘अहिले पनि म कमरेडहरुलाई भन्न चाहन्छु,’ ओलीले सम्बोधनको क्रममा भने, ‘एमाले पार्टी फुटेको होइन । वर्षौँदेखि बिग्रेका केही तत्व, वर्षौँदेखि पार्टीभित्र झमेला बनेकाहरु बाहिरिएका हुन्, गएका हुन् । यसलाई चोीइटिएकोसम्म भन्न मिल्छ ।’

यस्तै ओलीले अहिलेको सरकारले जनतको पक्षमा काम गर्न नसक्ने दाबी गरेको छन् । अलिहेको सरकार खान पल्केकाहरुको भएको औंल्याउँदै ओलीले भने, ‘अहिलेको सरकार लङ्गुरहरुको हो । जनताको पक्षमा काम गर्न सक्दैन । खानका लागि दौड्नेहरुको सरकार हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *