काङ्ग्रेस वडा सभापति: कतै १९ वर्षीया, कतै ८० वर्षीय

धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले वडाको अधिवेशन चलिरहेको छ । यसैक्रममा दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ को सभापतिमा १९ वर्षीया स्वस्तिका महत वडासभापति सर्वसम्मत निर्वाचित भएको समाचारले चर्चा पाइरहेका बेला अछाममा भने ८० वर्षीय महावीर कुँवर वडासभापतिमा चयन भएका हुन् ।

जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं. ५ लुंग्राको सभापतिमा कुँवर सर्वसम्मत चयन भएका हुन् । वडामा पार्टीले उनलाई सर्वसम्मत सभापति चयन गरेपनि सोही वडाका केही युवाहरुले भने विरोध जनाएका छन् । सर्वत्र युवाहरु नेतृत्वमा आइरहँदा बृद्धलाई वडासभापतिको जिम्मेवारी दिइएको भन्दै सामाजिक सञ्चाललगायतमा पार्टीको निर्णयको युवाहरुले विरोध गरिरहेका हुन् ।

अर्कोतर्फ अछाममै पहिलो पटक कम उमेरकी महिला सभापति बनेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ११ को सभापतिमा सोही वडाको खिमाडा कि २२ वर्षीया जानकी रावल (भण्डारी) निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *