एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलाल हुन् : रावल
मकालु खबर
२०७८ भदौ २० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले एमसीसी सम्झौता पारित गर्न खोज्नेहरुलाई ‘दलाल’ को संज्ञा दिएका छन् ।
आइतबार (आज) रिपोटर्स क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन् । ‘एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलालहरु हुन्,’ रावलल भने, ‘म निर्धक्क भन्न सक्छु ।
एमसीसी पारित गर्नुपर्छ भनेर उफ्रिनेहरु दलालहरु हुन् । अनुहारमा नेपालीहरु नै हुन् सम्झौता गर्न खोज्नेहरु । तर राष्ट्रिय, धर्मनिरपेक्षता र नेपालको स्वाधीनताका हिसाबले उनीहरु दलालहरु हुन् ।’
मकालु खबर
२०७८ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित