सुदूरपश्चिमका मन्त्री शाह र गहतराजले दिए राजीनामा
मकालु खबर
२०७८ भदौ २२ गते
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।
पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्री द्वयले आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझाएपछि मुख्यमन्त्री कार्यालयमै पत्रकार सम्मेलन गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले पार्टी विभाजनको पक्षमा नलागेपछि राजीनामा दिएको बताए । उनले लोकतन्त्र बलियो बनाउन आफू एमालेमै रहेको बताए ।
यसअघि मन्त्री शाह र गहतराज माधव नेपाल समूहमा थिए । तत्कालीन समयमा एमाले केन्द्रको निर्णयविपरीत मन्त्री शाहकै नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो ।
मकालु खबर
२०७८ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित