प्रतिनिधि सभाकाे बैठक भदौ २५ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक भदौ २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अवरोधपछि बैठक दुई दिनउता सरेको हो ।

गत साउन ३२ गते स्थगन भएको अधिवेशन बुधबार (आज) अपराह्न ४ बजेबाट शुरु भएको थियो । बैठकको शुरुमै एमालेले बैठक रोक्न माग गर्दै अधिवेशन अवरुद्ध गरेको थियो । त्यसपछि १५ मिनेटका लागि स्थगित गरेका सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो पटक पनि स्थगित गरेका थिए ।

आजै दुई पटक १५/१५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सापकोटाले २ दिनपछि पुनः बैठक बोलाएका हुन् ।

एमालेले अवरोध गरेपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलगायतका सांसदहरूसँग छलफल गरेका थिए ।  छलफलमा सांसदहरुले बैठक रोक्न माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *