सुदूरपश्चिममा भूकम्पको धक्का
मकालु खबर
२०७८ भदौ २६ गते
कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७८ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित