नेकपा एस बागमतीको संसदीय दलको नेतामा पाण्डे, सरकारलाई समर्थन नगर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । आइतबार (आज) ज्येष्ठ सांसद माधव पौडेलको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको सांसद मुनु सिग्देलले बताइन् ।

सिग्देलकाअनुसार बैठकले एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्नेसमेत निर्णय गरेको छ । ‘हाम्रो पार्टी एकीकृत समाजवादीले एमालेले नेतृत्व गरेको सरकारलाई समर्थन नगर्नेसमेत निर्णय गरेको छ,’ सिग्देलले मकालुखबरसँग भनिन्, ‘अल्पमतको सरकारलाई समर्थन नगरी अघि बढ्ने निर्णय पार्टीले गरेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *