‘गभर्मेण्ट सटडाउन’ले दलीय स्वार्थको दृष्टान्त देखायो : पाठक

काठमाडौँ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले ‘गभर्मेण्ट सटडाउन’ को अवस्थाले दलहरू दलीय स्वार्थका लागि मात्रै लाग्छन् भन्ने कुराको दृष्टान्त देखाएको टिप्पणी गरेका छन् । ‘बजेट होलिडे’ को प्रसङ्ग जोड्दै प्रवक्ता पाठकले उल्लेख गरेका छन्, ‘नारामा विकास, समृद्धि र सुशासनको जतिसुकै रट लगाए पनि महामारीले बेस्सरी थलिएको बेलामा समेत नितान्त दलीय स्वार्थपूर्तिका लागि पार्टीहरूले देश र प्रणालीलाई कुन हदसम्म बन्धक बनाउँछन् भन्ने गतिलो दृष्टान्त गभर्मेण्ट सटडाउनको अहिलेको अवस्थाले पुनः देखायो ।’

यस दोषको भागीदार संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू हुनुपर्नेसमेत प्रवक्ता पाठकले बताएका छन् । ‘हिस्सा ठूलो सानो होला,’ प्रवक्ता पाठकले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन्, ‘तर दोषको भागीदार संसद्मा रहेका ठूला मझौला सबै दल हुन् ।’

दलहरूबीच संसद्मा भएको राजनीतिक लफडाका कारण मुलुक पहिलो पटक बजेट शून्यताको अवस्थामा पुगेको छ । यसबीचमा सरकारले राष्ट्रको ढुकुटीबाट खर्च गर्न पाउने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *