हिजो राजनीतिक परिवर्तन‚ अब राजनीतिमा परिवर्तन : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अवधारणा पत्र सार्वजनिक गरेका छन् । शर्माले संविधान दिवसको अवसर पारेर झापाको विर्तामोडमा अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

शर्माले राजनीतिमा परिवर्तनका लागि चार पटकभन्दा धेरै सांसद, दुई पटकभन्दा बढी प्रधानमन्त्री र एकपटक भन्दा बढी राष्ट्रपति बन्न नपाइने व्यवस्था गर्न उनले प्रस्ताब गरेका छन् । त्यस्तै मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गर्न सके कसैलाई ‘बा छाडिदिनुस् न’  भनेर भन्न जानुनपर्ने बताएका छन् ।

हिजो राजनीतिक परिवर्तन‚ अब राजनीतिमा परिवर्तन शीर्षकको अवधारणापत्रमा राजनीतिको छवि सकारात्मक बनाउने साझा जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै निश्चित गरिएको राजनीतिक बाटोमा विमतिबीच सहमति खोज्दै जारी गरिएको संविधान निर्माण गर्नेले नै विश्वास नराखे अरुले किन राख्छन् भन्ने प्रश्न गरिएको छ ।

संविधानप्रति विमति राख्न पाउनु लोकतान्त्रिक हक भए पनि संविधानको वैधानिकता कदर साझा कर्तव्य भएको शर्माले उल्लेख गरेका छन् ।

आजको राजनीति ‘व्यवस्था ठिक छ, अव्यवस्थाको अन्त्य गरौँ भन्ने अवस्थामा रहेको भन्दै शर्माले व्यवस्थाभित्रको अव्यवस्था अन्त्य गरी नागरिकको आशालाई विश्वासमा बदल्नुपर्नेमा जोड दिएका छन् । यस्तै‚ प्रश्नलाई प्रोत्साहन र जवाफमा जिम्मेवार बन्न, सुशासन पारदर्शिता र सदाचार परिवर्तित राजनीतिको मूल संस्कार बनाउनुपर्ने, शासन‚ संस्कार‚ पद्धतिको बहस गरिनुपर्ने, लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता बढाउन सकेमात्र राजनीतिप्रतिको आकर्षण र राज्यप्रति विश्वास बढ्ने भन्दै शर्माले लोकतान्त्रिक संस्थाको आधुनिकीकरण गर्नुपर्ने विषय उठान गरेका छन् ।

न्यायको फास्ट अनुभूति, व्यवस्थाप्रति विश्वासमा अभिवृद्धि, सम्मान, श्रद्धा र कदरले राजनीतिको गरिमा बढाउन, राष्ट्र निर्माणमा कुशल कालिगढी मस्तिष्क गाँस्न, राजनीतिकर्मीहरू स्वावलम्बी बनेर स्वच्छताको सन्देश दिन आफूले ‘तीन दिन पार्टीका लागि‚ चार दिन रोटीका लागि’ अभियान अघि बढाएको उल्लेख गरेका छन् ।

राजनीतिले अब क्रान्तिको परिभाषा बदल्नुपर्ने, राजनीतिप्रति युवाको विकर्षण देश बन्ने विश्वासले मात्र बदलिने निष्कर्ष पनि शर्माले निकालेका छन् ।

शर्माले जारी गरेको अवधारणापत्रको पूर्णपाठ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *