ईपीएल क्रिकेट शनिबारदेखि, कुन टिममा को को खेलाडी ?
काठमाडौँ । चौथो एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा प्रतिस्पर्धा गर्ने टिम लगभग तयार भएका छन् । शनिबारबाट कीर्तिपुरमा शुरु हुने प्रतियोगितामा विराटनगर वारियर्स, ललितपुर पेट्रिएट्स, काठमाडौँ किङ्स इलाभेन, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक ईपीएलका टिमले विदेशका चर्चित खेलाडीहरूलाई भित्र्याएका छन् । जसका कारण पनि प्रतियोगिता आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
उद्घाटनमा साविक विजेता ललितपुर र काठमाडौँ खेल्नेछन् । फाइनल खेल असोज २३ गते हुनेछ । विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, बंगलादेशका तमिम इकबाल, श्रीलंकाका उपुल थारंगा, धम्मिका प्रसाद, असेलाअसेला गुनारत्ने, दक्षिण अफ्रिकाका रिचर्ड लेवी, वेष्ट इण्डिजका चन्द्रपौल हेमराज, जिम्बावेका सिकन्दर राजालगायत खेलाडीलाई क्लबहरूले अनुबन्ध गरेका छन् ।
उनीहरूका कारण ईपीएलमा अन्तरराष्ट्रिय स्तरका फ्रेन्चाइजको झल्को आउने अनुमान गरिएको छ ।
कुन टिममा को को खेलाडी ?
भैरहवा ग्ल्याडियटर्स
विराटनगर वारियर्स
चितवन टाइगर्स
काठमाडौँ किंग्स एलाभेन
ललितपुर प्याट्रिअट्स
पोखरा राइनोज्