कुन-कुन देशबाट हुँदैछन् राजदूत फिर्ता ?

काठमाडौँ । सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै भारत, चीन, अमेरिका र बेलायतलगायतका देशका राजदूत फिर्ता हुने भएका छन् । फिर्ता हुने राजदूतहरू भारतका नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका युवराज खतिवडा र बेलायतका लोकदर्शन रेग्मी छन् ।

त्यस्तै सरकारको निर्णय अनुसार फिर्ता हुने राजदूतमा कतारका नारद भारद्वाज, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बङ्गलादेशका डा वंशीधर मिश्र, मलेसियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, इजरायलकी राजदूत अञ्जान शाक्य र ओमनकी शर्मिला पराजुली ढकाल रहेका छन् ।

डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको छ । गठबन्धन दलका एक नेताका अनुसार बैठकले डा. नारायण खड्कालाई मन्त्री बनाउने सहमति गरेको हो । उनी काँग्रेस केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *