डा. नारायण खड्का बने परराष्ट्रमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् । कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा आजै गर्ने तयारी गरिएको पनि सचिवालयले जनाएको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेको छ ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *