नेकपा (एस)को महासचिवमा बेदुराम भुसाल, अन्य पदाधिकारीमा को को ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाललाई बनाइने भएको छ । बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दाबी गरेका थिए ।

बैठकले राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईसहित  चार जना उपाध्यक्ष बनाउने निर्णय गरेको छ । त्यस्तै उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

बैठकले जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव बनाउने निर्णय गरेको छ ।

निर्णयहरू दिउँसो बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरि पारित गर्ने तयारी रहेकाे नेकपा एसका नेताहरूले बताएका छन् ।

मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *