एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौँ । एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बैठक शुक्रबार (भोलि) बिहान ११ बजेबाट बैठक शुरु हुनेछ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

नेता नेम्वाङ्गकाअनुसार विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

एमालेले आउँदो असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *