सिंह भन्छन्- ‘गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् । शनिवार (आज) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै नेता सिंहले यस्तो बताएका हुन् । ‘२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ,’ नेता सिंहले भने, ‘त्यसले पूर्णता पाएको छैन । घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन ।’

गठबन्धनका नेताहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको नेता सिंहको भनाइ छ । ‘उहाँहरूका अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्‍यो ।’

यसैबीच भिन्न प्रसङ्गमा नेता सिंहले स्यानिटरी प्याडमा कर लगाउने सरकारको योजनामाथि प्रश्न उठाए । नेता सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिएर हेर्नुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उनको भनाइ थियो ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७४ दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *