एमाले बैठक आज पनि निरन्तर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । शुक्रबारदेखि शुरू भएको बैठक आज पनि निरन्तर छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकअघि समूहगत छलफल हुँदैछ ।

शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठानिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।  अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ । जुन अहिले पनि जारी छ ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर समूहगत छलफल थालिएको छ । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ ।

एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *