गगन लेख्छन्- ‘काबिल नेतृत्व छनोट गरेर महाधिवेशन टुङ्ग्याउँ’

काठमाडौँ । कांग्रेस नेता गगनकुमार थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । कांग्रेसले शनिवार (आज) स्थानीय तहको अधिवेशन गर्दैछ ।

नेता थापाले ट्वीट गर्दै संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनःनिर्माणका लागि काबिल नेतृत्व छनोट हुने विश्वास व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेसको स्थानीय तहका लागि नेतृत्व छनौट गर्न गाउँ/नगरपालिकाको आधिवेशन आजबाट प्रारम्भ हुदैछ । संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनःनिर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु,’ थापाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *