साफका लागि राष्ट्रिय टीम घोषणा

काठमाडौँ । नेपालले आगामी साताबाट हुने साफ च्याम्पियनसीप फुटबलका लागि राष्ट्रिय टीम घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा हुने प्रतियोगिताका लागि २३ सदस्यीय टीमको घोषणा गरेका हुन् ।

२५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङ बाहिरिएका छन् । प्रशिक्षणका दौरान चोट लागेपछि विकेश अन्तिम २३ मा पर्न सकेनन् ।

साफको तयारीका क्रममा काठमाडौँमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपाली टिम अहिले कतारमा अभ्यासरत छ । यसै क्रममा नेपाली टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि टोली सोमबार माल्दिभ्स प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्सको मालेमा हुँदैछ । प्रतियोगितामा नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । साफ च्याम्पियनसीपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

नेपाली टीम
किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *