बिराटले पूरा गरे टी-ट्वेन्टीमा १० हजार रनको कोसेढुङ्गा

दुबईमा चलिरहेको इन्डियन प्रिमियर लिग फेज-२ मा रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीले कीर्तिमान कायम गरेका छन्।

आइतबार कोहलीले १० हजार रनको कीर्तिमान बनाएका हुन्। कोहलीले जसप्रिम बुमराहको बलमा छक्का प्रहार गर्दै आफ्नो १० हजार रन पूरा गरे । टस जितेर मुम्बईसँग पहिले ब्याटिङ गरेको आरसीबीका लागि उनले ५१ रन बनाए ।

यो छोटो संस्करणको क्रिकेटमा १० हजार रन पुरा गर्ने कोहली पहिलो भारतीय ब्याट्स्म्यान हुन्।

यो कोसेढुंगा पार गर्ने उनी विश्वका भने पाँचौं खेलाडी हुन्। उनी अघि क्रिस गेल, किरन पोलार्ड, शोएब मलिक र डेभिड वार्नरले ट्व्ेन्टी ट्वेन्टी क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पुरा गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *