परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुवै मन्त्री नेपाल-भारतबीचको सहयोगलाई अझ सुदृढ बनाउन सहमत भएका छन् ।

यस्तै भारतीय विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको बताएका छन् । ‘हाम्रो विशेष सम्बन्धलाई अगाडि बढाउन हामीले घनिष्ठ रूपमा मिलेर काम गनुपर्छ’, उनले ट्वीट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *