प्रतिनिधि सभा बैठक दिउँसो २ बजे

काठमाडाैँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ ।

संसदको चालु नवाैं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुखकाे भूमिकामा प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ । एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक पारित भएको थियो ।

यस्तै‚ राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सचिवालयका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *