बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफावार छलफल अगाडि बढाए । दफावार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्‍यो ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।

अब आजै दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको सन्देश पेश हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जान्छ ।‍

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *