भिजेको मैदानका कारण विराटनगर र काठमाडौँको खेल अनिश्चित

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत सोमबारको पहिलो खेलमा टस हुन सकेको छैन ।

सोमबार बिहानबाट हुने तय भएको विराटनगर वारियर्स र काठमाडौँ किंग्सबीचको खेल मैदान भिजेका कारण अझै सुरू हुन नसेकेको हो ।

वर्षाका कारण मैदानमा पानि जमेपछि तत्काल खेल स्थगित गरेर सफाइको काम भइरहेको छ । खेल रोकिएसँगै ओभर घट्नेछ ।

यद्यपि खेल सुरू हुने नहुने अन्योल रहेको छ । यसअघि वर्षाकै करण आइतबार भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचको खेल रद्द भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *