अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो पार्ने कुरा कहाँको क्रान्तिकारीता हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सोमबार समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक कलाकार, पत्रकार, लेखापढी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्षअघिको कर मिनाहा हुने प्रावधान रहेको र त्यो आपत्तिजनक रहेको बताए ।

उनले थपे, ‘अर्थमन्त्री बडा क्रान्तिकारी नेता हुनुहुन्छ । उहाँलाई सोध्न चाहन्छु– यो कालो धनलाई दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारीता हो ? कुन श्रमजिवी जनताको हितको लागि यो सहुलियत दिइँदैछ ? कुन राष्ट्रिय उद्योगपतिका लागि यो सहुलियत दिइँदैछ ?’

अध्यादेशको प्रतिस्थापन विधेयकका प्रावधानमाथि प्रश्न उठाए पनि एमाले सांसदहरूले बजेटसँग सम्बन्धित विधेयकहरूमाथिको कुनै पनि छलफलमा भने भाग लिएनन् ।

करको दायरा फराकिलो पार्ने योजना : अर्थमन्त्री
आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दा अर्थमन्त्री जनार्दन शर्माले एमाले सांसद गुरुङको प्रश्नको जवाफ दिए ।

‘कलाकार चिकित्सक, कानून व्यावसायीलगायत कसको कर छुट हुने स्पष्ट तोकिएको छ । ती सबैलाई करको दायरामा ल्याउने कुरा गरिएको हो । करको विस्तार गर्ने योजनाअन्तर्गत यो राखिएको स्पष्ट गराउन चाहन्छु‚’ अर्थमन्त्री शर्माले भने, ‘यसको अर्थ भ्रष्टाचारसम्बन्धी ऐनले काम नगर्ने होइन, ती एनेले काम गरिरहन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *