प्रतिनिधि सभा : असोज १४ गतेसम्म स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रिय सभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

गत भदौ २३ गतेदेखि शुरु भएको प्रतिनिधि सभाको सबै बैठक नेकपा (एमाले) ले अवरोध गर्दै आएको छ ।

तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकझटाले सञ्चालन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *