कांग्रेसको पालिका अधिवेशन : झापा र सुनसरीमा पौडेल पक्ष बलियो, रनभुल्ल मोरङ

विराटनगर । सुनसरीमा भएका पालिका अधिवेशनहरूबाट पौडेल समूहका बढी सभापति चुनिएका छन् । दुहवी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अधिवेशन हुन सकेन । पाँच पालिकाको सभापतिमा पुरानै अनुहार देखिएका छन् ।

इटहरीमा हेमकर्ण पौडेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । रामधुनी नगरपालिकामा पनि सुदीप अधिकारीले दोहोर्‍याएका छन् । इनरुवा नगरपालिकामा राजन मेहताले सभापतिमा दोहोर्‍याएका छन् । इनरुवा नगरपालिकाका मेयरसमेत रहेका मेहता १३औँ महाधिवेशनबाट पनि सभापतिमा नै जितेका थिए । कोशी गाउँपालिकामा सुलेमान मन्सुरी पनि दोहोरिएर सभापति हुनेमा परेका छन् । बर्जु गाउँपालिकामा कृष्ण संग्रौला निर्वाचित भएका छन् ।

धरान उपमहानगरपालिकामा श्याम पोखरेल सभापतिमा चयन भएका छन् । बराहक्षेत्र नगरपालिकामा रमेश कार्की निर्वाचित भएका छन् भने देवानगञ्ज गाउँपालिकामा जगधर यादव सभापतिमा निर्वाचित भएका छन् । हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकामा निर्विरोध निर्वाचित भएका छन् । हरिनगरा गाउँपालिकामा नुनु अन्सारी, बर्जु गाउँपालिकामा कृष्ण संग्रौला र गढी गाउँपालिकामा कमल चौधरी सभापति बने ।

गत असोज ९ गते भएको निर्वाचनबाट नेपाली कांग्रेस सुनसरीमा नगर तथा गाउँपालिका सभापतिको निर्वाचनबाट दुहवी नगरपालिकाको नगर सभापतिमा वेदनारायण गच्छदार निर्वाचित भए । भोक्राहा नरसिंह गाउँपालिकामा प्राविधिक कारण उजुरी परेपछि निर्वाचन स्थगित छ । स्थगित भएको निर्वाचन शनिबार गर्ने तयारी भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले बताए । भण्डारी जिल्ला सभापतिका उम्मेदवार हुन् ।

निर्वाचितहरूमध्ये धरान, ईटहरी, रामधुनी र ईनरुवामा पौडेल पक्षका नेता विजयी भएका छन् भने बराहक्षेत्र, कोशी, हरीनगरमा देउवा पक्षका सभापतिले चुनाव जितेका छन् । दुहबी, बर्जु, गढी विजय गच्छदारको क्षेत्र भएको कारण पनि गच्छदार निकटले जितेको दाबी कांग्रेसी नेताको छ ।

झापाका चार पालिका निर्विरोध
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत झापाका १५ मध्ये ११ पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ । चार पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ । पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ ।

बाँकी पालिकामा निर्वाचनबाट पदाधिकारीको टुङ्गो लागेको हो । कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गंगा प्रसाईं, झापामा सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

निर्वाचन प्रक्रियाबाट विर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । बाह्रदशी गाउँपालिकामा इन्द्र बस्नेत निर्वाचित भएका छन् । दमक नगरपालिकामा सभापति पदमा प्रकाश प्रसाईं निर्वाचित भए । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५/६५ मत ल्याएर बराबरी भएको छ । बराबरी मत पाएपछि गोलाप्रथावाट न्यौपाने विजयी भएका छन् ।

कनकाई नगरपालिकामा दुर्गा प्रसाईं निर्वाचित बनेका छन् । गौरीगञ्ज गाउँपालिकामा सभापति पदका लागि आग्नुप्रसाद राजवंशी निर्वाचित भए । गौरादह नगरपालिकामा भने सभापति पदमा यादव सेढाई, मेचीनगरको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल र शिवसताक्षीमा अशोक बस्नेत निर्वाचित भएको नेपाली कांग्रेस झापाले जनाएको छ ।

कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गंगा प्रसाईं, झापामा सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । भद्रपुर नगरपालिकामा रामबहादुर कँडेल ।

विर्तामोडमा भोजराज सिटौला निर्वाचित भएका छन् । अर्जुनधारामा हेमराज खरेलले जितेका छन् । शिवसत्ताक्षी र मेचीनगर बाहेकका सबै पालिकामा सिटौला लाईनका सभापति चुनिएका छन् । जिल्ला सभापतिमा दाबी गर्दै आएका राम कट्टेल कृष्णप्रसाद सिटौला नजिकका उम्मेदवार हुन् ।

त्यस्तै जिल्ला सभापतिका उम्मेदवारमा देउमान थेबे देउवा पक्षका सभापतिका उम्मेदवार हुन् । झापामा यो पटकको निर्वाचनको समीकरण बिग्रिएको छ। सिटौलाले राम कट्टललाई छाडेर देउमानलाई समर्थन गर्ने भन्दै आधिकारिक उम्मेदवार उनै रहेको बताउँदै आएको ती नेताले बताए ।

रनभुल्ल मोरङ
छिमेको जिल्लाले नगर तथा गाउँ अधिवेशन लगभग सकिसके पनि मोरङमा वडाकै चुनावले छाडेको छैन । सुनसरी र झापाका धेरै पालिकामा सहमतिबाट सभापति छानिएको भएपनि मोरङमा त्यो सम्भावना नरहेको नेताहरूले बताउँदै आएका छन् । आगामी असोज १६ गते मोरङमा नगर/गाउँ समितिको अधिवेशनको तयारी भएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार प्रदेश १ का सबै पालिकामा विवादरहित रुपमा नगर/गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । ‘सबै नगर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको जानकारी आएको छ,’ उनले भने, ‘मोरङमा केही क्रियाशील विवादका कारण वडा अधिवेशन ढिला हुँदा गाउँ नगर अधिवेशन ढिला हुन गएको हो ।’

नेपाली कांग्रेसको मोरङ सभापतिमा ५ जनाले दाबी गर्दै आएकामा एकजना क्षेत्रीय प्रतिनिधिबाट नै हारेपछि दाबी गर्ने ४ जना भएका छन् ।

चुनावमा दुई पक्षीय देखिने भएपनि अहिलेसम्म ४ जनाले सभापतिमा दाबी गर्दै आएका छन् । दाबी गर्दै आएकामा अहिलेका सभापति डिकबहादुर लिम्बुसहित दिलीप गच्छदार, गोपालमान सिंह, यदुकुमार विष्ट हुन् । जिल्ला सभापतिको दाबी गर्दै आएका मदन संग्रौलाले क्षेत्रीय प्रतिनिधिमा नै हारेका छन् ।

प्रदेशको राजधानी भएकाले पनि यहाँको सभापतिमा जोडबल गर्नेको संख्या धेरै देखिएको हो । अहिलेसम्मको अवस्थालाई हेर्दा जिल्ला सभापतिमा दुईजना सम्भावित दावेदारबीच चुनावी प्रतिस्पर्धा हुने दाबी कांग्रेसजनको छ । संस्थापन शेरबहादुर देउवाको समूहबाट दिलीप गच्छदर र पौडेल र कोइराला पक्षबाट डिकबहादुर लिम्बुको सम्भावना बलियो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *