ईपीएल : सोमबारका दुवै खेल स्थगित

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा सोमबारका लागि तय भएका दुवै खेल स्थगित भएका छन् । पानी परेका कारण मैदान भिजेपछि दुवै खेल हुन नसकेका हुन् ।

सोमबार पहिलो खेलमा विराटनगर र काठमाडौँ तथा दोस्रो खेलमा भैरहवा र चितवन खेल्ने तालिका थियो ।

आइतबार र सोमबार पनि पानी परेकाले मैदान चिसो भएपनि दुवै खेल सम्भव नभएको ईपीएल व्यवस्थापनले जनाएको छ । दुई टोलीले अङ्क बाँड्ने वा खेल पुनः अर्को दिन खेलाउने भन्नेबारे भने निर्णय भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *