राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साझँ नै अध्यादेश खारेज गरेकी हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (२)को खण्ड (ख) बमोजिम भण्डारीले दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले गत भदौ १ गते दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित अध्यादेश ल्याएको थियो ।

अध्यादेश आएपछि माधव नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजबादी दल दर्ता गरेका थिए ।

मूलत एमाले विभाजनकै लागि ल्याइएको अध्यादेश लामो समयसम्म खारेज नहुँदा सरकार विस्तार हुन सकेको थिएन । खासगरि जनता समाजबादी दलले अध्यादेश खारेज नभइ सरकारमा सहभागि नहुने भन्दै अध्यादेश खारेज गर्न सरकारलाई दबाब दिइरहेको थियो ।

अध्यादेश खारेज भएसँगै मंगलबार नै मन्त्रीपरिषद विस्तार हुने सम्भावना रहेको सत्ता साझेदार दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *