चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका सन्तानलाई कानूनअनुसार आरक्षण दिन सरकारलाई निर्देशन दिएको छ ।

सम्भव भएसम्म कानूनमा टेकेर उनीहरूलाई आरक्षणको सुविधा दिनका लागि सरकारलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीले भने विगतमा पाउँदै आएको सुविधा निरन्तर हुनुपर्ने माग राख्दै आएका थिए ।

यसका साथै समितिले मिर्गौलासम्बन्धी समस्याका लागि पनि विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ । डायलेसिसको माध्यमबाट उपचार गर्नु राम्रो हो‚ अथवा किड्नी ट्रान्सफर गर्नु राम्रो हो भन्ने विषयमा बहस उठिरहेकाले यस विषयमा पनि विज्ञहरूसँग छलफल गर्ने निर्णय गरिएको सभापति घर्तीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *