नेप्सेमा लगातार पहिरो, नेप्से ७० अकंले घट्दा साढे ५ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक ७०.०१ अकंले घटेको छ । हिजो दोस्रो कारोबारका दिन सोमबार पनि नेप्से ७३ अकंले घटेको थियो ।

मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.६१ प्रतिशतले घटेर २६१५.४० बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ११.४२ अकंले घटेर ४९४.९१ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै समूहका उपसूचक घटेका छन् ।

यसदिन कारोबारमा आएका २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड सेयर मूल्य १० प्रतिशत र मैलुङ खोला जल विद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *