सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा, आज सुनुवाइ हुँदै
मकालु खबर
२०७८ असोज १३ गते
काठमाडौं ।
सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा आज सुनुवाइ हुँदै छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको मुद्दा पटक पटक पेसी चढ्दै आएको मुद्राको आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ ।
मकालु खबर
२०७८ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित