चेल्सीका मिडफिल्डर कान्टेलाई कोरोना संक्रमण

काठमाडौं ।

चेल्सीका मिडफिल्डर एनगोलो कान्टे कोरोना सङ्क्रमित बनेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेको क्लबले जनाएको छ ।

चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले मिडफिल्डर कान्टेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।

कोरोना सङ्क्रमित बनेपछि च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसविरुद्धको खेल गुमाउने भएका छन् । चेल्सीले बिहीबार राति युभेन्टससँग उसैको मैदानमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *