क्यूमेड र लोमसले उत्पादन गरेका दुई एन्टिबायोटिक्स गुणस्तरहीन
काठमाडौं । औषधि व्यवस्था विभागले दुईवटा कम्पनीले उत्पादन गरेका दुईवटा औषधिको विक्री वितरणमा रोक लगाएको छ । विभागले सूचना निकालेर क्यूमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका औषधिहरु गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको जाानकारी दिएको हो ।
विभागले बजार अनुगमनका क्रममा भक्तपुरको छालिङमा रहेकाे क्यूमेड फर्मास्युटिकल्स (लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) र काठमाडौँको गोठाटारमा रहेको लोमसको जेफिक्स–१०० (सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स) औषधि गुणस्तरहीन पाइएकाले प्रतिबन्ध विक्रि वितरण गर्न बन्द गरिएको जनाएको छ । यी दुवै एन्टिबायोटिक्स ट्याबलेट हुन्।
विभागले औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सो औषधि बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योगलाई जानकारी गराउन पनि भनेको छ ।
विभागद्वारा जारी सूचना…