अतिरिक्त समयमा रोनाल्डोको गोलमा युनाइटेडको जित

एजेन्सी । 

म्यानचेस्टर युनाईटेडले इन्जुरी समयमा  भिल्लारियल विरुद्ध जित निकालेको छ। क्रिश्टियानो रोनाल्डोले अतिरिक्त समयमा गोल गर्दा युनाईटेड भिल्ला रियल विरुद्ध २-१ को जित निकाल्यो।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा युनाइटेड विरुद्ध ५३औँ मिनेटमा एल्कासरको गोलमा भिल्लारियालले अग्रता लिएको थियो। त्यसको साता मिनेटपछि एलेक्स टेल्सले युनाइटेडलाई खेलमा फर्काएका थिए।

तर बराबरी उन्मुख खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा रोनाल्डोले गरेको गोल निर्णायक बन्यो। रोनाल्डोको निर्णायक गोलमा युनाईटेडले पहिलो पटक स्पष्ट तीन अङ्क हासिल गर्‍यो।

च्याम्पियन्स लिगको पहिलो खेलमा युनाइटेड योङ ब्वाइजसँग निराश भएको थियो। समूह एफको अर्को खेलमा एट्लान्टाले योङ ब्वाइजलाई १-० ले हरायो।  दुई खेलबाट एट्लान्टाको चार अङ्क छ भने दोस्रो स्थानको योङ ब्वाइज र तेस्रो स्थानको युनाइटेडको समान तीन अङ्क छ। भिल्लारियाल एक अङ्कका साथ चौथो स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *