नबिल बैंकलाई दोस्रो पटक ‘नेपालमा लिडिङ पार्टनर बैंक’ अवार्ड
काठमाडौँ ।
नबिल बैंकले दोस्रो पटक एसियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्ड प्राप्त गरेको छ । एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा २०२१ का लागि नबिल बैंक लगातार दोस्रो पटक सम्मानित भएको हो।
एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम द्वारा द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।
एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ।