लोसपा छाडेका लेखी भन्छन्- एमाले, कांग्रेस र माओवादीमध्ये एउटामा जान्छु

काठमाडौँ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समिति सदस्य रहेका राजकुमार लेखीले बिहीबार (आज) पदबाट राजीनामा दिए । राजीनामा पत्रमा लेखीले नयाँ राजनीतिक यात्रा शुरू गर्ने निर्णय गरेको उल्लेख गरे, भने— ‘म यसपार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु ।’

अब तपाईंको राजनीतिक यात्रा कता ? भन्ने मकालुखबरको जिज्ञासामा लेखीले भने, ‘योबारे अहिल्यै निर्णय लिइसकेको छैन । केही दिनभित्र तपाईंहरूले जानकारी पाउनुहुन्छ । मैले यही पार्टीमा प्रवेश गर्छु भनेर निर्णय गरिसकेको स्थिति छैन अहिले ।’

धेरैले भने लेखी एमालेमै फर्कन लागेको बताउँछन् । यसअघि केही समय एमालेबाटै राजनीति गरेको र एमाले छोडेपछि नयाँ राजनीतिक अभ्यास गर्ने भनेपनि त्यसो गर्न नसकेको स्वीकार्दै आएका लेखी एमालेकै नेताहरूसँग धेरै नजिक रहँदै आएको लोसपाका नेताहरु ले नै बताउँदै आएका छनज् ।

लेखीले भने एमालेमा प्रवेश गर्ने भन्ने निश्चित भइनसकेको बताए । मकालुखबरसँग् उनले भने, ‘म अहिले यही पार्टीमा लाग्छु भन्ने मैले निर्णय गरिसकेको छैन । म एमालेका साथीहरूसँग, कांग्रेसका साथीहरूसँग र माओवादीका नेताहरूसँग सम्वाद तथा छलफलमै छु । सम्भवतः म यिनै तीनवटा पार्टीमध्येमै एउटामा रहन्छु । यत्ति चाहिँ भन्छु ।’

उनी ०६३ सालपछि जनजाति महासंघको अध्यक्ष र संविधानसभा सदस्यसमेत बने । जत्तिबेला उनी एमालेमै थिए ।

पछि लेखीले एमालेले जनजातिको मुद्दा ठिकसँगले नबोकेको भन्दै एमाले छाडेर नागरिक पार्टी स्थापना गरे । त्यसपछि धेरै राजनीतिक उतारचढाव भोगेका लेखी माओवादी हुँदै जनता समाजवादी पार्टी (जसपा) र जसपा फुटेपछि लोकतान्त्रिक समाजवादी बने । अन्ततः उनले लोसपा पनि त्यागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *