नेप्से लगातार घट्दा, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ३२.५१ अकंले घटेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.२२ प्रतिशतले घटेर २६३३.४२ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ६.४१ अकंले घटेर ४९७.०५ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्य ३ वटसमूहका उपसूचक बढेका भने बाकि सबै सूचकहरु घटेका छन् ।

यसदिन कारोबारमा आएका २२५ कम्पनीका ७३ लाख २१ हजार १४ कित्ता सेयर ३ अर्ब ७० करोड २९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र मैलुङ खोला जलबिद्युत आयोजना लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *