एमालेलको पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

काठमाडौँ । भोलिदेखि शुरु हुने नेकपा एमालेलको पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको छ । एमाले विधान महाधिवेशन मूल समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरी पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

महाधिवेशनका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार १२ बजेर १५ मिनेटमा अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने बताए ।

उद्घाटनपछि तीनवटा प्रस्ताव पेस हुने र त्यसमाथि समूहगत छलफल गरि निष्कर्ष निकालिने एमालेले जनाएको छ । विधान महाधिवेशनमा देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी हुने पनि एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *